भारतमा कोरोना भाइरसबाट थप २० हजार ७९९ जना संक्रमित

संवाददाता
१८ आश्विन २०७८, सोमबार १४:५६

मकवानपुर । भारतमा कोरोना भाइरसबाट थप २० हजार ७९९ जना संक्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना संक्रमित भएका हुन् ।

यसैगरि, भारतमा कोरोना संक्रमणबाट आइतबार थप १८० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट हालसम्म ४ लाख ४८ हजार ९९७ जनाको मृत्यु भएको छ ।

भारतमा हाल संक्रमित अवस्थामै रहेकाको संख्या २ लाख ६४ हजार ४५८ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । सक्रिय संक्रमितको यो संख्या २०० दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितको संख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

भारतमा आइतबार २६ हजार ७१८ जना संक्रमणमुक्त भएको छ । यो सँगै अहिलेसम्म कुल संक्रमणमुक्त भएकाको संख्या ३ करोड ३१ लाख २१ हजार २४७ रहेको अधिकारीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*