विकास, छिमकी राष्ट्रको समृद्धि र नेपालले सिक्नुपर्ने पक्षहरु

संवाददाता
१८ आश्विन २०७८, सोमबार १६:३२

अदभूत संघर्षबाट प्राप्त हाम्रो समाजवाद उन्मुख संवैधानिक संघिय गणत्रान्त्रिक व्यवस्थालाई जनताको अवस्थासंग जोड्न समृद्धि, तुल्याउन हामीले हाम्रो मौलिकतामा मात्रै होइन छिमेकी विकसित देशको विकास र समृद्धिको मोडललाई पनि देख्न अध्ययन गर्न जरुरी छ जस्तो लाग्छ ।

हाम्रा छिमेकी राष्ट्र चीन आजको विकास र समृद्धिमा पुग्नुको पछाडि चिनियाँ जनताको ठुलो परिश्रम, त्याग र समर्पण जोडिएको देख्छु । चीनका नेताहरुले गरेका प्रयास तिनको अठोट, ढृढता र आत्मविश्वास सहितको जागरण कति लोभलाग्दो छ ? हो, हामी र हाम्रो देशका नेताहरुले यहीनेर गम्भीर हुनुपर्छ र त्यस्तै आत्माविश्वास सहितको सपना साकार पार्ने ढृढ संकल्प हाम्रो नेताहरुले पनि गर्नुपर्दछ ।

चीनको पछिल्लो सयवर्षको इतिहासलाई हेर्ने हो भने त्यहाँको विकास र समृद्धिको तीन वटा महत्त्वपूर्ण मोडहरु पाउँछौ । पहिलो माओत्सेतुङले सम्पन्न गरेका साँस्कृतिक एकीकरण जसले एक चीनलाई स्थापित गर्यो । दोस्रो देङसियाओपिङले १९७६ पछि गरेका आर्थिक नितिको सुधार, जसले चीनलाई विश्वमान चित्रमा सर्वशक्ति सम्पन्न राष्ट्रको रुपमा स्थापित गर्यो । तेस्रो परिर्वतनकारी मोड भनेको हालको राष्ट्रपति “सि“ को – (बिआरआई) अभियान हुन् । जसले अन्तरदेशीय रेलमार्ग, राजमार्ग, व्यापारिक बन्दरगाह, विद्युतीय लाईन, औद्योगिक एवम् आर्थिक तथा व्यापारिक करिडोरको विकास मार्फत राष्ट्रहरुवीच परस्पर विकास र समृद्धिलाई समाजवादी मोडलमा जोड्दै छ ।

त्यस्तैगरी, हाम्रो देश र देशका नागरिकसंग रोटी बेटीको सम्बन्धको रुपमा परिचित छिमेकी राष्ट्र भारतले पनि दक्षिण एसियाबाट टप अर्थ बिकास गर्दै विश्व सामु आफ्नो देशलाई चिनाउन लम्कदै छ ।

यसरी, छिमेकी राष्ट्र द्वयले विकास र समृद्धिमा गरिरहेको राम्रा प्रयासहरुलाई हाम्रो देशका नेतृत्व र समग्र राज्य संयन्त्रले आफ्नो व्यवस्था अनुकुल बनाई आत्मसात गर्न सक्नु पर्दछ । खाली विकास र समृद्धिको नारा लगाएर मात्रै हुँदैन । हाम्रा संस्कार र संस्कृतिलाई पनि सुधार गर्न लागीपर्नुपर्दछ ।

आज पनि हाम्रा देशमा विकासको नाममा पद प्रतिस्ठा प्राप्त गर्ने, भ्रष्टाचार नियन्त्रणमा नलाग्ने , राजनीतिलाई व्यापारको रुपमा प्रयोग गर्ने जस्ता विगतको साँस्कृतिक रोगले छोडेको छैन । यो रोगको अन्त्य नभएसम्म हाम्रो देशमा विकास र समृद्धिले तिब्रता लिन सकिदैन । अतः व्यवस्था बदलिएको भएतापनि राज्यसत्ताका समग्र अङ्गहरुमा , राजनितिक नेतृत्वहरुमा, न्यायालयमा पुरानै संस्कारले छोडेको छैन । ती पुराना संस्कारले नयाँ प्रणाली उपर अझै कब्जा जमाहीरहेकाले जनचहाना अनुरुप देश अगाडि बढ्न सकेको छैन ।

त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा हो; हाम्रो संस्कार र आचरणमा परिवर्तन, जसलाई हाम्रो देशका नेता /नेतृत्वले आत्मसात गर्नुको विकल्प देखिदैन । रुपान्तरणमा लाग्नुको विकल्प छैन । जुन देशको नेता र नेतृत्व साँस्कृतिक रुपान्तरणमा लाग्दैन , बलियो जनआधारित संरचना निर्माणमा लाग्दैन , नेतृत्वमा इमानदारी हुदैन र पारदर्शितामा लाग्दैन, त्यो देशको नेता र नेतृत्वले सुशासन र समृद्धि हासिल गर्न सक्दैन । योजना र नेतृत्वको विकास गरेर मात्रै समृद्धिको अभियानले गति प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्न सकिदैन ।

हिजोको दिनहरुमा समान्तवादले समुदायमा आधारित विकासको मान्यतालाई आफ्नो स्वर्ग, विलासिता जिवन बिताउन उपयोग गर्यो । नागरिकलाई दास बनायो । बहुदलिय कालमा पनि निहित स्वार्थ पुरा गर्न समुदायको नाममा केही अमुख ब्यक्तिहरुले फाइदा लुट्न समग्र विकास कार्यलाई कमाउ धन्दमा केन्द्रित गरेको हुनाले देशको विकास हुन सकेन ।

नेपालमा राजतन्त्रको अन्त्य हुनुको पछाडि माओबादी नेतृत्वमा भएको जनयुद्ध / संयुक्त १९ दिने जनआन्दोलन नेतृत्वले जनताको मन जित्न सफल भएरै आन्दोलन सफल भएको हो । देशमा गणतन्त्र आएको हो । संघीयता आएको हो । महिला, दलित, आदिवासि जनजाति, मधेसी, मुस्लिम, लगाएतका समुदायहरुले,राज्यमा सहभागिता हुने अवसर पाएको हो ।

अव हाम्रो देशको नेता/नेतृत्वहरु प्राप्त समाजबाद उन्मुख, संवैधानिक संघिय गणत्रान्त्रिक व्यवस्थालाई जनताको दैनिक अवस्थासंग जोड्ने अभियानमा जुट्नुपर्दछ । समृद्धि र विकासको सफलता हाम्रा मौलिकताले मात्रै सम्भव छैन । छिमेकीले विकास गरेको राम्रा प्रविधिहरुको अनुसरण पनि गर्न सक्नुपर्दछ । त्यसको लागि हाम्रो देशको नेतृत्वले विकासको मौलिकपन अर्थात समुदायमा आधारित विकासका लागि आजको विकसित प्रविधि र पुँजीको समायोजन गर्न जरुरी छ । स्थिर विकास र समृद्धिको लागि विज्ञान र प्रविधि शिक्षामा जोड दिइनुपर्छ । देश विकास र समृद्धिको लागि स्थिर राजनितिक व्यवस्था र संस्कार चाहिन्छ । त्यसको लागि नेतृत्वले मेहेनत गर्नु पर्ने देख्छु ।

हिजोको दिनहरुमा समान्तवादले समुदायमा आधारित विकासको मान्यतालाई आफ्नो स्वर्ग, विलासिता जिवन बिताउन उपयोग गर्यो । नागरिकलाई दास बनायो । बहुदलिय कालमा पनि निहित स्वार्थ पुरा गर्न समुदायको नाममा केही अमुख ब्यक्तिहरुले फाइदा लुट्न समग्र विकास कार्यलाई कमाउ धन्दमा केन्द्रित गरेको हुनाले देशको विकास हुन सकेन ।

केही नेता/नेतृत्व भनिनेहरु आजको गणत्रन्त्रकालिन व्यवस्थामा पनि समुदायको भुमिकालाई स्थापित हुन नदिने खेलमा अझै , सक्रिय भईरहेको छ । जसलाई हामीले समुदायमा चिनाउन सकेका छैनौं । जसले गणतन्त्र व्यवस्था प्राप्तिको निम्ति जनयुद्धको नेतृत्व गर्यो ती नेतृत्वको नेतृत्वमा नयाँ नेपाल बनाउने नेतृत्वको इच्छाशक्ति र सपनालाई समुदायमा पुर्ण विश्वास दिलाउन नसकेकाले हाम्रो विकास र समृद्धिको अभियानमा समस्या भइरहेका हुन् ।

त्यसका लागि व्यवस्थित संगठनात्मक संरचना मार्फत आम जनतासंग एकाकार भई जनअपेक्षा अनुसार नेतृत्वले योजना र त्यसको परिणाममुखि कार्यान्वयनको संस्कृतिलाई थापित गराउन आवश्यक देख्छु ।

हामीले के कुरा भुल्न हुदैन भने राष्ट्र निमार्णमा नेता\नेतृत्वको अहम भुमिका रहन्छ । जसका लागि संरचनात्मक सुढृढिकरण पहिलो सर्त हो । त्यसकै माध्याबाट समुदायसंगको सहकार्यमा विकास निर्माण र उत्पादनका कार्यलाई तीव्रता दिन सकिन्छ । भ्रष्ट्रचारलाई नियन्त्रण गर्न सम्भव हुन्छ । राज्य व्यवस्थालाई समुदायको अवस्थासंग जोड्न सम्भव हुन्छ । संघर्षबाट प्राप्त मान्यताहरुलाई जनस्तरमा स्थपित गर्न सम्भव हुन्छ भन्ने लाग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*