नेपाली फिल्मलाई अस्कार अवार्डको लागि दर्ता आह्वान

संवाददाता
१९ आश्विन २०७८, मंगलवार ११:३७

मकवानपुर । ९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कार) मा नेपाली फिल्मको सहभागिताका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आवेदन खुल्ला गरेको छ ।

एकेडेमीले तोकेका सबै मापदण्ड पुग्ने कागजातसहित असोज १९ गतेदेखि आउँदो कात्तिक २ गतेसम्म फिल्म दर्ता गराइसक्नु पर्ने चलचित्र छनोट समिति नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिँदैछ ।

हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना पर धकलिएको हो । महामारीका कारण रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*