बेलायतमा कोरोना संक्रमण झन् बढ्दै

संवाददाता
१९ आश्विन २०७८, मंगलवार १६:३४

मकवानपुर । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमण दैनिक कमी नआएको बताइएको छ ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारी अनुसार थप ३५ हजार ७७ जना एकै दिनमा संक्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैगरि, बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा हालसम्म कोरोनाका कारण १ लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये करिब ७ हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*