भारतमा पछिल्लो २४ घण्टामा थप १८ हजार ८३३ जनामा कोरोना पुष्टि

संवाददाता
२० आश्विन २०७८, बुधबार १४:३४

मकवानपुर । भारतमा पछिल्लो २४ घण्टामा थप १८ हजार ८३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोनाभाइरसबाट संक्रमित भई अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले २ लाख ४६ हजार ६८७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

यसैगरि, भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको छ । योसँगै भारतमा हालसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या ३ करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ ।

भारतमा पछिल्लो समयमा संक्रमितहरुको संख्या केरला राज्यमा सबैभन्दा धेरै १ लाखभन्दा बढी देखिँदै आएको छ । केरलामा अहिले पनि एक लाख २५ हजार ३० जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*