बलिउड फिल्ममा नेपाली कलाकारको अभिनय

संवाददाता
२१ आश्विन २०७८, बिहीबार ११:०६

मकवानपुर । बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ मा नेपाली कलाकारहरु पनि जोडिएका छन् ।

यस फिल्ममा अभिनेत्री परमिता राणासँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका कलाकारको अभिनय रहने भएको छ ।

‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘चंगा चेट, रोज, दि कर्मा’ फिल्ममा अभिनय गरिसकेकी छन् । उनले पहिलो पटक बलिउड फिल्ममा काम गर्न लागेकी हुन् । कोरोना महामारीभन्दा अगाडि परमिताले गोपीचन्द्रको साथमा एक तेलुगू फिल्म साइन गरेकी थिइन् । फिल्मको मुहूर्तमा समेत उनी पुगेकी थिइन् । तर, यो फिल्म अहिलेसम्म निर्माण हुन सकेको छैन ।

४० दिनसम्म नेपालमा खिचिने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन, नानी गुप्ता लगायतका भारतीय कलाकारहरुको अभिनय रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*