पाकिस्तानमा भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु, सयौं घाइते

संवाददाता
२१ आश्विन २०७८, बिहीबार १३:५९

मकवानपुर । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा विहीबार बिहान गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान ३ बजे ५ दशमलव ९ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पबाट सबैभन्दा धेरै क्षति हर्नाइ जिल्लामा भएको छ ।

यो जिल्ला बलोचिस्तानको प्रान्तीय राजधानी क्वेटा शहरबाट झन्डै १ सय किलोमिटर टाढा छ । बिहानको समयम अधिकांश जनसंख्या सुतिरहेको बेला भूकम्प जाँदा कम्तिमा २० जना घाइते भएका छन् भने कम्तिमा १ सयजना घाइते छन् ।

पाकिस्तानी सेनाका अनुसार केही उद्धारकर्मीहरु हनाईमा पुगिसकेका छन् र ९ जना गम्भिर घाइतेलाई एयर फोर्समार्फत उद्धार गरेर क्वेटा ल्याइएको छ ।

विपद्बाट प्रभावित भएकाहरुको उपचार तथा उनीहरुलाई खाद्यान्न र आश्रयस्थल उपलब्ध गराउन स्थानीय स्वयंसेवीसँगै सेनाका चिकित्सक र स्वास्थकर्मीहरु जुटिरहेका छन् । उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि रावलपिन्डीमा टोली पठाइएको पनि सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*