आजदेखि खुल्यो फिल्म हल

संवाददाता
२१ आश्विन २०७८, बिहीबार १४:१८

मकवानपुर । कोरोनाका कारण बन्द रहेका फिल्म हल बिहीबारदेखि खुलेका छन् ।

सरकारले फिल्म हल खोल्न केही अगाडि अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन । देशभरका मल्टिप्लेस र सिंगल थियटर प्राय सबै खुलेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।

गत वैशाखबाट बन्द रहेका हल केही अगाडि खुल्ने तरखरमा थियो । तर,प्रदर्शनका लागि फिल्म अभावको कारण खुल्न सकेको थिए । फिल्म हल खुलेपनि हलमा भने नेपाली फिल्म लागेको छैन । हलिउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्दै अहिले हल खोलिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*