जेल पुगे शाहरुख खानका छोरा आर्यन खान

संवाददाता
२२ आश्विन २०७८, शुक्रबार १६:५२

मकवानपुर । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् ।

७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम आजतकले सार्वजनिक गरेको छ ।

आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको छ । आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन् । त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो ।

आर्यन खानले आज जमानत पाउलान् वा जेल जालान् यसबारे चाँडै नै निर्णय हुनेछ ।

आर्यन खान र अन्य ८ आरोपीको जमानतको याचिकामाथि हाल सुनुवाई चलिरहेको छ तर यसअघि नै एनसीबी एक्सनमा आएको छ र उनले आर्यन खानसमेत सबै ८ आरोपीलाई जेल लिएर जाँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*