अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा परि ५० जनाको मृत्यु

संवाददाता
२३ आश्विन २०७८, शनिबार १२:५३

मकवानपुर । अफगानिस्तानको कुन्दुज शहरमा रहेको एक मस्जिदमा आत्मघाती बम आक्रमणमा परि कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

अल्पसंख्यक शिया मुसलमान समुदायको सइद अबाद मस्जिदमा आक्रमण भएको हो । आक्रमणमा एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको बताएको छ ।

शुक्रबारको प्रार्थनाका लागि श्रद्धालु मस्जिदभित्र जम्मा भएका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*