सुलेमानको ‘इकुपिताङ’ सिरियल प्रत्येक शनिबार हेर्न सकिने

संवाददाता
२४ आश्विन २०७८, आईतवार १०:५१

मकवानपुर । दर्शकले अत्याधिक मन पराएको पात्र ‘इकु’ सानो पर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् ।

‘इकुपिताङ’ को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले बताए ।

सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गरेका हुन् । दर्शकले आफ्नो हातमा रहेको मोवाइलबाट पनि हेर्न पाउन् भनेर सिधै युट्युवबाट ल्याइएको सुलेमानको भनाई रहेको छ ।

बालकदेखि बृद्धसम्मले मन पराएको पात्र ‘इकु’ समेटिएको सिरियलको नयाँ नयाँ भाग अबदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउनेछन् । सिरियलमा ‘इकु’ को भूमिका सुलेमाननै छन् । यसअगाडि पनि अन्य सिरियलमा यो भूमिका उनले नै निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*