सौगात, अनमोल, पुष्प र बलिउड सुपरस्टार सुनिल सेट्टीले एउटै फिल्म खेल्ने

संवाददाता
२४ आश्विन २०७८, आईतवार ११:२३

मकवानपुर । सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको फिल्म ‘एक्स नाइन’ को अफर बलिउड सुपरस्टार सुनिल सेट्टीलाई पनि गरिएको छ ।

शुक्रवार फिल्मका निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँँवरले मुम्बईमा सेट्टीसँग भेट गर्दै फिल्मको कथावस्तु र उनको चरित्रको बारेमा बताए । सुनिलले आफूलाई सुनाएको चरित्र मन पराएका छन् ।

पहिला सुनिल सेट्टीलाई भिलेनको भूमिका अफर गर्ने तयारीमा निर्माण टिम थियो । तर, अब उनी फिल्ममा सकारात्मक भूमिकामा देखिनेछन् । उनीसँँग भारु एक करोडमा सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको जानकारी प्राप्त छ । फिल्मका लागि भिलेनको भूमिका भने रणदीप हुड्डालाई अफर गरिएको छ ।

अहिले फिल्मका कलाकारहरु सौगात, अनमोल पुष्प र राज कटुवालले जिम र एक्सन ट्रेनिङ लिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*