सलोनले ‘महानायक’ विवादमा मागे माफी

संवाददाता
२४ आश्विन २०७८, आईतवार ११:५५

मकवानपुर । निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको बरपीपल’ को गीत रिलिज कार्यक्रममा अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मियो । यो विवाद यतिसम्म चर्कियो कि उनकै फिल्मलाई दर्शकले बहिस्कार गर्नेसम्मको कुरा उठाए । यसबाट डराएर शोभितले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई ‘महानायक’ मान्ने वाचा गरे ।

‘महानायक’ विवाद चर्किएकै समयमा उनका छोरा तथा अभिनेता सलोन बस्नेतले पनि ‘महानायक’ को परिभाषा आफूलाई थाहा नभएको बताए । यो अभिव्यक्ति उनी आफैंमाथि भारी प¥यो । केही दिनयता सामाजिक सञ्जालमा उनीमाथि गालीको वर्षा भएको छ । दर्शकहरुले अबदेखि उनका फिल्म नहेर्नेसम्म भनेका छन् । अन्ततः उनले पनि पिताले झैँ गरी दर्शकसँग माफी मागेका छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले हडबडाहटमा बोल्न नजानेर आफूबाट ठूलो गल्ती भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*