साफ च्याम्पियनसिपमा नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

संवाददाता
२४ आश्विन २०७८, आईतवार १२:१४

मकवाानपुर । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिता राति पौने १० बजेपछि शुरु हुनेछ । साफमा भारतले सातपटक उपाधि जितेको छ । तर योपटक भारतले अहिलेसम्म जित निकालेको छैन । यसअघिका दुई खेलमा बराबरी खेलेको छ । आइतबारको खेलमा जित निकालेमा नेपाली टोली एक खेल बाँकी हुँदै फाइनल पुग्ने छ ।

नेपाल ६ अंकसहित शीर्षस्थानमा छ भने बंगलादेशको ४ अंक, माल्दिभ्सको ३ अंक र भारतको २ अंक छ । १ अंकका साथ अंकतालिको पुछारमा रहेको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*