मन्त्री गुरुङले गरे राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न आग्रह

संवाददाता
२४ आश्विन २०७८, आईतवार १२:४२

मकवानपुर । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई आग्रह गरेका छन्

कास्की जिल्ला बक्सिङ सङ्घको नवनिर्वाचित पदाधिकारीको आज पदस्थापन कार्यक्रममा उनले राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले खेल सङ्घहरुको तयारीका लागि बजेट विनियोजन गरेकाले तयारी सुरु गर्न आग्रह गरेको हो । प्रदेश सरकारले तयारीका लागि रु ५० लाख बजेट विनियोजन गरेको मन्त्री गुरुङले बताए ।

नवौँ राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*