डेनमार्कको निरन्तर सातौं पटक जित

संवाददाता
२४ आश्विन २०७८, आईतवार १३:४५

मकवानपुर । सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा डेनमार्कले लगातार सातौं जित हात पारेको छ ।

समूह एफ अन्तर्गत शनिबार राति भएको खेलमा मोल्डोभोलाई ४–० ले पराजित गर्दै डेनमार्कले शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । छनोटमा अहिलेसम्म शतप्रतिशत जित हात पार्ने एक्लो टोलीको रुपमा रहेको डेनमार्क विश्वकप नजिक समेत पुगेको छ ।

डेनमार्कको जितमा आन्द्रेस स्कोभ ओल्सन, सिमोन केयर, क्रिस्टियन नोगार्ड र योकिम माहलेले गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*