‘सत्यम्’मा पलसँग मलिकाले अभिनय गर्ने

संवाददाता
२४ आश्विन २०७८, आईतवार १४:१०

मकवानपुर । नायिका मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ ।

पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी मलिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी छिन् ।

मलिकाले राजेश हमाल र पल शाहसँग पहिलो पटक ठूलो पर्दामा काम गर्न पाउँदा खुशी लागेको बताइन् । शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अनुप विक्रम शाही, अभय बराल र कृष्ण जोशीको पनि अभिनय हेर्न सकिनेछ । यो चलचित्रमा हमालको चार वटा लुक्स हेर्न पाइने निर्माणपक्षले बताएको छ । नवयुग सिनेमाको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा लेखन तथा निर्माण रेशम सापकोटाको रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*