रुसको टाटस्र्टनमा विमान दुर्घटना, १५ जनाको मृत्यु

संवाददाता
२४ आश्विन २०७८, आईतवार १५:४२

मकवानपुर । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए ।

समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै संकेत फेला नपरेको रुसका अधिकारीहरुले बताएका छन् । समाचारमा बताइएअनुसार अहिले दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*