टी–२० विश्वकप विजेताका लागि नगद १६ लाख अमेरिकी डलर

संवाददाता
२४ आश्विन २०७८, आईतवार १६:४६

मकवानपुर । यही अक्टोबर–नोभेम्बरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी २० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो ।

कूल ५.६ मिलियन अर्थात ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् ।

यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*