साफ च्याम्पियनसिपमा नेपाल भारतसँग १–० गोलले पराजित

संवाददाता
२५ आश्विन २०७८, सोमबार १३:५३

मकवानपुर । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ ।

आइतबार राति सम्पन्न खेलमा भारतले नेपाललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा सुनिल क्षेत्रीले खेलको ८२औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल भएको थियो । नेपालका अन्जन विष्टले खेलको ८६औँ मिनेटमा पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

यो जितपछि भारतको ३ खेलमा ५ अंक भएको छ भने अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै नेपालको ३ खेलमा ६ अंक रहेको छ र नेपाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

अब नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध नेपाली समय अनुसार बुधबार अपराहन्न ४ः४५ बज खेल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*