माओवादी केन्द्रद्वारा दशैंको पूर्वसन्ध्यामा खाद्यान्न सहयोग

संवाददाता
२५ आश्विन २०७८, सोमबार १८:४०

मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा – १७, वडा कमिटीद्वारा सोमबार वडाका विपन्न परिवारलाई दशैं लक्षित गरेर खाद्यान्न सहयोग गरिएको छ ।

वडा कमिटीको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा ३८ जना विपन्न परिवारलाई ८० हजार रुपैयाँ बराबरको खाद्यान्न चामल, दाल, नुन, तेल सहयोग गरिएको वडा कमिटीका अध्यक्ष रंगनाथ अधिकारीले जानकारी दिए ।

धेरै नेपालीले मुख्य पर्वको रुपमा मान्दै आएको पर्व दशैं, तिहार भएकाले यस अवसरमा आर्थिक रुपमा कमजोर परिवारहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गरेर खाद्यान्न सहयोग गरिएको कमिटीले जानकारी दिएको छ । राहत सहयोगमा कमिटीका अध्यक्ष रंगराज अधिकारी र हेटौंडा नगर कमिटी सचिवालय सदस्य प्रदिप अर्यालको विशेष सहयोग रहेको बताइएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला समन्वय समिति अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) ले सबै जाति समुदायले मान्दै आएका भिन्न भिन्न पर्व, संस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने बताए । सबैको संस्कृति र आस्थालाई समान दृष्टिकोणले हेर्ने वातावरण निर्माणकालागि विगतमा माओवादीले जनयुद्ध, र जनआन्दोलन भएको उनले उल्लेख गरे । कार्यक्रममा सम्मुखमा रहेको विजया दशमी, दीपावलीको उनले सबैमा शुभकामना व्यक्त गरे ।

शुभकामना आदान प्रदान कार्यक्रममा माओवादी केन्द्र हेटौंडा नगर कमिटी इन्चार्ज विवेक राई, अध्यक्ष तिर्थ थापा मगर, वडा नम्बर ४ का अध्यक्ष अजिव भट्टराई, वडा नम्बर १७ का इन्चार्ज शंकर राउतसहितको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*