आयोगले आग्रह गरे रुपन्देही घटनाको निष्पक्ष छानबिन होस

संवाददाता
२६ आश्विन २०७८, मंगलवार २०:५२

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ । रुपन्देहीस्थित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागी चारजना प्रदर्शनकारीको मृत्यु र घाइते भएको थियो ।

“व्यक्तिको ज्यानै जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ,” आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले भने, साथै “घाइतेहरुको निःशुल्क उपचार गराउन तथा वास्तविक घरबारविहीनहरुको पहिचान गरी यथोचित स्थानमा बसोबासको व्यवस्था मिलाउनु पर्ने ।” पनि भनिएको छ ।

आयोगले उक्त घटनाबाट व्यक्तिको बाच्न पाउने अधिकारको हनान र सुरक्षाको बहालीमा थप चुनौती हुन नदिनका लागि संयममता अपनाई विवादको समाधान वार्ताको माध्यमबाट गर्न आयोगले सम्बद्ध सबै पक्षलाई अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*