सडक दुर्घटना न्यूनीकरणको लागि सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

संवाददाता
२७ आश्विन २०७८, बुधबार १०:३८

मकवानपुर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कणर्ालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण समेत गराए । बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गदै उनले मुगु लगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको बैज्ञानिक योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई सल्लाह सुझव दिएका छन् ।

दशै मनाउन घर फर्केका ३२ जना मुगुबासी र विद्यामा कास्कीको पर्यटकिय स्थल घान्द्रुक घुम्न गएका काठमाडौंका विद्यार्थी सहित ८ जनाको सवारी दुर्घटनामा परि निधान भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*