दशैं मान्न बानियाँ र गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई सहयोग

संवाददाता
२७ आश्विन २०७८, बुधबार १२:५८

मकवानपुर । नेपाली कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँ र राक्सिराङ गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन् ।

कारागारमा रहेकाहरुलाई प्रदेशसभा सदस्य बानियाँले व्यक्तिगत ६० हजार रुपैंया प्रदान गरेका थिए । सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेकाा कैदीबन्दीको दशैं सुखद बनाउन र दशैं सबैको पर्व भएकोले सहयोग गरेको बानियाँले बताए ।

जीउने आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरु जेलमा रहेको र गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दशैं खल्लो नहोस् भनेर केही राहत दिएको रक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुकार मल्लले बताए ।

भीमफेदी कारागारमा लागूऔषध मुद्दामा मकवानपुरको हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहानगरपालिकाका २ जना गरी १ सय २३ जनाले जेल जीवन बिताईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*