महोत्तरीमा दुई मोटरसाइकल ठोकिदा, दुबै चालकको मृत्यु, एक घाइते

संवाददाता
२७ आश्विन २०७८, बुधबार १५:०४

मकवानपुर । महोत्तरीको पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका–४, पञ्चुधुरा मन्दिर जाने प्रवेशद्वार अगाडि दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतो छन् । ज १२ प २९६१ र प्र २—०१—००२ प—०५९७ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुबै जना मोटरसाइकलका चालक हुन् । दुर्घटनामा ज १२ प २९६१ नम्बरको मोटरसाइकलको पछाडि बसेका बर्दिवास–३, गौरीडाँडा निवासी सोनु सिंह गम्भीर घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*