‘चुरिफुरी’ अगामी ९ पुसमा प्रदर्शनमा आउने

संवाददाता
३ कार्तिक २०७८, बुधबार ११:२७

मकवानपु्र । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरिफुरी’ पुस ९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आगामी ९ पुसलाई प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेको हो ।

कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन फिल्म ‘चुरिफुरी’ ले औषधीको काम गर्ने निर्देशक आचार्यले बताए । फिल्म क्षेत्रलाई चलायमान गराउन अब लगातार फिल्म रिलिजको विकल्प नभएको निर्देशक आचार्यको भनाई रहेको छ ।

सामाजिक बिषयमा कमेडी मिश्रित फिल्म ‘चुरिफुरी’ मा रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

दीपक शर्माको संगीत तथा राहुल राईको छायाँकन रहेको फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको फिल्मको वितरण डिसिएनले जिम्मा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*