बंगलादेशको रोहिंग्या क्याम्पमा फायरिङ, ७ जनाको मृत्यु

संवाददाता
५ कार्तिक २०७८, शुक्रबार १३:४६

मकवानपुर । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ ।

रोहिंग्या क्याम्पस्थित मदरसामा शुक्रबार बिहान चार बजे हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।

हमला भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । अहिले अन्य हमलाकारीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*