‘माया पिरेम’ गीतको टिकटक विजेतालाई १ लाख पुरस्कार

संवाददाता
६ कार्तिक २०७८, शनिबार १४:०४

मकवानपुर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो ‘माया पिरेम’मा टिकटक बनाउनेलाई ६ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ ।

केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको हो । जसको अवधि कात्तिक २२ गतेसम्म राखिएको छ ।

पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौं हुनेले १५ हजार, सातौं हुनेले १२ हजार, आठौं हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*