जनता समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष माओवादीमा प्रवेश

संवाददाता
६ कार्तिक २०७८, शनिबार १४:२४

मकवानपुर । जनता समाजवादी पार्टीका नगर तथा क्षेत्रीय अध्यक्षसहित पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् ।

रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

काठमाडौँस्थित माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका र माला लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।

जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार, भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेको माओवादीका स्थानीय नेताले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*