सुर्खेतमा बम पड्किँदा २ जना घाइते

संवाददाता
६ कार्तिक २०७८, शनिबार १४:४९

मकवानपुर । सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन् ।

वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी–भाइ बम विस्फोट हुँदा घाइते भएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका– ६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका हुन् ।

घाँस काट्दै जाँदा खुट्टाले अचानक बम छुँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*