अभिनेताले गोली चलाउँदा क्यामेराम्यानको मृत्यु, निर्देशक घाइते

संवाददाता
६ कार्तिक २०७८, शनिबार १५:०७

मकवानपुर । अमेरिकी अभिनेता एलेक बाल्डविनले फिल्म सुटिङका दौरान बन्दुक चलाउँदा फोटोग्राफी निर्देशक हलिना हचिन्सको मृत्यु भएको छ ।

‘रट’ फिल्मको एक्सन सिन सुटिङ भइरहँदा गोली चलेको हो । गोलीले ४२ वर्षीया हचिन्स घाइते भएपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । तर, ज्यान बचेन ।

त्यसैगरी, निर्देशक जोइल सुजा पनि घाइते भएका थिए । उनको अहिले उपचार भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*