पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्षको निधन

संवाददाता
६ कार्तिक २०७८, शनिबार १५:४१

मकवानपुर । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ ।

उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको शनिबार बिहान साढे २ बजे निधन भएको हो ।

गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए ।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए । उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*