बेमौसमी वर्षाका कारण ४ अर्बको धानबाली नष्ट

संवाददाता
६ कार्तिक २०७८, शनिबार १६:०१

मकवानपुर । देशभर लगातार परेको बेमौसमी वर्षाका कारण आएको बाढीले लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबाली नष्ट पारेको छ ।

भित्र्याउन तयारी अवस्थामा रहेको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशमा करिब ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पस्दा उक्त रकम बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । बेमौसमी वर्षासँगै आएको बाढीले लुम्बिनीसँगै प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा लगाइएको धानबालीमा समेत ठुलो क्षति गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*