विराटनगरको एक मोबाइल पसलमा चोरी

संवाददाता
६ कार्तिक २०७८, शनिबार १६:४५

मकवानपुर । विराटनगरको महेन्द्र चोकमा रहेको मोबाइल पसलमा चोरी भएको छ ।

शुक्रबार राति विराटनगर महानगरपालिका– ९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेजमा दोस्रो पटक चोरी भएको हो ।

पसलका सञ्चालक मधुकुमार राईका अनुसार २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । शुक्रबार राति पुनः उनकै पसलमा चोरी भएको हो । यो पटक भने १५–१६ वटा मोबाइल पसलबाट चोरिएको उनले बताए ।

उनका अनुसार पसलबाट १५–१६ वटा स्मार्ट फोनहरु चोरिएका छन् । नयाँ मोबाइलको खोल भने पसलबाट केही पर भेटिएको थियो ।

चोरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*