थप ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

संवाददाता
६ कार्तिक २०७८, शनिबार २०:४९

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*