हामी केही पाउन होइन, मृत्यु कि मुक्ति भनेर अघि बढेकाहरु हौँ : मोक्तान

मकवानपुर । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य, मकवानपुर जिल्ला इन्चार्ज एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्रि कुमारी मोक्तानले माओवादी पार्टीमा लाग्नेहरु यसअघि केही पाउनकालागि नभई मृत्यु कि मुक्ति रोजेर क्रान्तिमा लागेको बताएकी छन् ।
हेटौंडा–१५ को प्रथम वडा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्रि मोक्तानले सो कुरा बताएकी हुन् । विगतमा माओवादीका नेतृत्वकर्ताहरु तितरवितर भएर लागे पनि अन्ततः सबैले यथार्थता बुझेको र पछिल्लो समय गल्ति महशुस गरी मूल शक्तिमा नै फर्किने क्रम अघि बढिरहेको उनले बताइन् ।
देश माओवादीकै मुद्धामा अघि बढिरहेको उल्लेख गर्दै उनले जनताले अबको निर्वाचनमा माओवादी केन्द्रलाई एक ढिक्का भई अघि बढेको र पहिलो पार्टीका रुपमा देख्न चाहेको उल्लेख गरेकी छन् ।