एक ठाउँमा आउँनुको विकल्प छैन : लामिछाने (भिडियोसहित)

संवाददाता
५ मंसिर २०७८, आईतवार ०७:३४

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटि सदस्य प्रल्हाद लामिछानेले विगतका माओवादी आन्दोलनमा सँगै लडेकाहरु अब एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् । शनिबार सो पार्टीको हेटौंडा–१५, वडा कमिटिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

विगतमा धेरे ठाउँमा धेरै जना तितरवितर भएको तर उपलब्धि हासिल नभएकाले गल्ति महशुस गरेर एकतावद्ध हुनुको विकल्प नरहेको उनले बताएका छन् । जुन पार्टीमा समर्पण, बलिदान, खुन, पसिना बगायौं, मूल पार्टीमा नै फर्किएर एक ढिक्का भई पार्टीलाई केन्द्रको लक्ष्य अनुसार २०६४ को शक्तिमा पुर्याउन लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

मूल पार्टीलाई त्यागेर विगतमा धेरैले धेरै पसल खोलिएको तर ग्राहक भने नआएको भन्दै यसबाट पाठ सिक्नुपर्ने र अब एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*