सबै बालबालिकासम्म खोपको पहुँच पुर्याउन स्वास्थ्य मन्त्री खतिवडाको निर्देशन(भिडियोसहित)

संवाददाता
५ मंसिर २०७८, आईतवार १३:०८

मकवानपुर । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले १८ वर्षदेखि मुनि १२ वर्षसम्मका बालबालिकालाई हाल प्रदान गरिरहेको खोप सबै बालबालिकासम्म पुग्ने वातावरण निर्माण गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । आइतबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले सो निर्देशन दिएका हुन् ।

हालसम्म उक्त उमेर भन्दा मुनिको बालबालिकालाई खोप दिने बारे विश्व स्वास्थ्य संगठनको प्रावधान नभएकाले निश्चित उमेर माथिका बालबालिकालाई खोपको सुनिश्चितता गरिएको उनले बताएका छन् ।

अब खोपको अभाव नागरिकले व्यहोर्नु नपर्ने स्वास्थ्य मन्त्री खतिवडाले उल्लेख गरेका छन् । सबैसम्म खोप पुग्न नसकेको देखिएको भन्दै उनले सबैसम्म खोपको पहुँच पुर्याउन सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*