७ जना शान्ति सेनाको मृत्यु हुनेगरि मालीमा बम विस्फोट

संवाददाता
२३ मंसिर २०७८, बिहीबार १९:५२

मकवानपुर । अफ्रिकी मुलुक मालीमा भएको बम विस्फोटमा परी राष्ट्रसंघका ७ जना शान्ति सेनाको मृत्यु भएको छ ।

बुधबार बिहान मध्य मालीको बन्डियागारा क्षेत्रमा भएको बम विस्फोटमा परी टोगोका ७ जना शान्ति सेनाले ज्यान गुमाएको र ३ जना गम्भिर घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

डुएन्ट्जा शहरबाट सेभारेतर्फ जाने क्रममा शान्ति सेना सवार गाडी विस्फोटमा परेको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले बताए ।

गुटेरेसले घटनाको निन्दासहित मृतक सैनिकका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइते सैनिकको शीर्घ स्वास्थ्य लाभको कामना गरेको पनि डुजारिकको भनाइ छ । त्यस्तै, राष्ट्रसंघीय शान्ति अभियानका लागि उप-महासचिव जाँ पियेरे लाक्रोइँले अपराधीलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

मालीका लागि गुटेरेसका विशेष प्रतिनिधि एल घसिम वेनले समेत बम विस्फोटलाई ‘कायरतापूर्ण’ भन्दै निन्दा गरेको छन् । मालीमा २ सयभन्दा शान्ति सेनाले ज्यान गुमाएको स्मरण गर्दै पछिल्लो आक्रमण युद्ध अपराध बराबर भएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*