कमेडी फिल्म ‘सिल्ली फो’ को सुटिङ प्याकअप

संवाददाता
३ पुष २०७८, शनिबार १४:४६

मकवानपुर । राज बहादुर सानेको निर्देशनमा बनेको कमेडी फिल्म ‘सिल्ली फो’ को सुटिङ प्याकअप भएको छ ।

फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिन को अवसर पारेर निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी गराएको हो । दुई चरणमा छायांकन भएको फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्ज आसपासका ठाउँ भएको निर्देशक सानेले जानकारी दिएका छन् ।

चार बदमासको कथामा निर्माण भएको यस फिल्ममा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेब्यू गरेका छन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*