नेपाली फिल्म ‘फुर्वा : द नेचर गाइ’ सार्वजनिक

संवाददाता
३ पुष २०७८, शनिबार १५:२६

मकवानपुर । फिल्म ‘फुर्वा : द नेचर गाइ’ युट्युवमा सार्वजनिक गरिएको छ ।

सृजना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघाली लगायतका कलाकारको अभिनय फिल्म छ । वाई के फिल्मस्को प्रस्तुति रहेको फिल्मका लेखक तथा निर्देशक युगल पोमो लिम्बु हुन् ।

हिमाली भेगको जीवन शैली फरक ढंगबाट देखाउन खोजिएको फिल्म मूलधारको भन्दा केही फरक रहेको कारण सिधै युट्युवमा ल्याइएको निर्देशक लिम्बुले बताए । फिल्म धादिङको रुबीभ्यालीमा छायाङ्कन गरिएको हो ।

फिल्ममा बुद्ध थापाको छायाङ्कन, अनिलकुमार महर्जनको सम्पादन, बिक्रम राईको संगीत छ । श्याम इङ्गनाम, रेजिना सावा र हिम सिंघक निर्माता रहेको फिल्मको हेमराज अन्छङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*