मिस इन्डिया मानसा कोरोना संक्रमित

संवाददाता
४ पुष २०७८, आईतवार १३:१८

मकवानपुर । ‘मिस इन्डिया २०२०’ मानसा वाराणसी कोरोना संक्रमित भएकी छन् । ‘मिस वल्र्ड’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिकोमा पुगेकी उनका कोरोना संक्रमण देखिएको हो ।

‘मिस वल्र्ड’ प्रतियोगीतामा उनी सहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ । उनी भारतको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०२१’ मा सहभागी भएकी थिइन् ।

प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि आयोजकले फाइनल स्पर्धा स्थगित गरेको थियो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*