‘कबड्डी ३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

संवाददाता
५ पुष २०७८, सोमबार १२:४६

मकवानपुर । नेपाली फिल्मले अचेल हलमा भन्दा युट्युबमा दर्शक बढी पाउन थालेको छ । सार्वजनिक भएका केही दिनमै फिल्मले राम्रो भिउज पाउँदै युट्युब ट्रेन्डिङ समेत कब्जा गर्छन् ।

यस्तैमा फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि युट्युबमा राम्रो भिउज पाएको छ । ६ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३६ लाखबढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । ओएसआर डिजिटले सार्वजनिक गरेको फिल्मले १ लाख ४ हजार लाइक समेत पाएको भने फिल्मको डिसलाइक भने लुकाइएको छ । फिल्मले प्रतिक्रिया पनि सकारात्मक पाइरहेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराल, कविता आले, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । शैलेन्द्र डी. कार्कीले खिचेको फिल्मले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा उठान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*