अंग्रेजी नयाँ वर्षमा गायक दीप श्रेष्ठ चितवनमा नाइट हुने

संवाददाता
७ पुष २०७८, बुधबार १२:५८

मकवानपुर । अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनमा गायक दीप श्रेष्ठ नाइट हुने भएको छ । भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा ३१ डिसेम्बरमा आयोजना हुने नाइटमा दीपले आफ्ना दर्जन बढी गीत संगीतबाट दर्शक झुमाउनेछन् ।

रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का जज समेत रहेका श्रेष्ठ गायकको अलवा संगीतकार तथा रचनाकार पनि हुन् । श्रेष्ठको ‘म पत्थरको देवता होइन’, ‘म त दूर देखि आए’, ‘हर रात सपनीमा’, ‘एउटै बाटो’, ‘उ यात्री’, ‘वितेका कुरा’ लगायत थुप्रै गीत हिट छन् ।

अभिनेत्री गौरी मल्ल, बेलि डान्सर विनु शाक्य लगायतका कलाकारको उपस्थिति रहने लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) का सञ्चालक देवेन लोहनीले बताए ।

कार्यक्रममा सहभागिताका लागि आयोजकले २ हजार शुल्क राखेको छ । जसमा वेलकम ड्रिङ्स र अनलिमिटेड स्न्याक्सको व्यवस्था रहेको आयोजक पक्षले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*