युट्युबको ट्रेन्डिङमा नवलको ‘मंगलम’

संवाददाता
१० पुष २०७८, शनिबार १७:१७

मकवानपुर । नवल नेपालको निर्देशन रहेको करिब ४ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ युट्युबमा पनि रुचाइएको छ ।

गत आइतबार सार्वजनिक यो फिल्मले युट्युबमा राम्रो प्रतिक्रिया बटुल्दै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

समाचार तयार गर्दासम्म फिल्मले २३ लाख बढी भिउज र ६० हजार ५२ हजार बढी लाइक्स पाएको छ । दर्शकले फिल्मको कथावस्तु र कलाकारको अभिनयलाई विशेष रुचाएका छन् । पुष्प खड्का, शिल्पा पोखरेल, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, नीर शाह र पृथ्वीराज प्रसाईंको पनि मुख्य भूमिका फिल्ममा छ । नारीको बिषय मुख्य कथा बनाइएको फिल्म छविराज ओझाले निर्माण गरेका हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, दीपक शर्माको संगीत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*