उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

संवाददाता
१३ पुष २०७८, मंगलवार १६:५२

मकवानपुर । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो ।

पहिलो सेट नेपालले २६–२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६–२४ ले नै विजयी भयो ।

तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५–१५ ले विजयी हुन सफल भयो ।

चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४–२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २–२ को बराबरीमा ल्यायो ।

निर्णायक पाँचौ सेट १५–१० ले जित्दै नेपाल च्याम्पियन भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*