चर्चित र्यापर लाउरे पक्राउ

मकवानपुर । चर्चित र्यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर हो ।
पोखरा घर भएका उनलाई लागूऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।
उनीसँगै लागूऔषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।