गेटाफेलसँग रियल मड्रिड पराजित

संवाददाता
१९ पुष २०७८, सोमबार ०७:४९

मकवानपुर । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड पराजित भएको छ ।

गेटाफेले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडमाथि १–० को सानदार जित निकालेको हो। गेटाफेको जितमा उनालले निर्णायक गोल गरे। खेलको नवौं मिनेटमा एनेस उनालले उत्कृष्ट गोल गर्दै खेलमा घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।

७४ प्रतिशत बल कड राखे पनि रेयल म्याड्रिडले गोल फर्काउन नसक्दा लिगमा दोस्रो हार व्यहोर्‍नु परेको छ।

पराजित भए पनि उसले दोस्रो स्थानको सेभिल्लासँगको अग्रता ८ अंकको कायम छ।

शीर्ष स्थानमा रहेको रियलको २० खेलबाट ४६ अंक पुगेको छ। यस्तै गेटाफेले महत्वपूर्ण तीन अंक जोड्दै रेलिगेशन जोनबाट बाहिर निस्किएको छ। १९ खेलबाट उसको १८ अंक भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*