गायक प्रकाश तामाङको “छामेला सोइनाम” सार्वजनिक (भिडियोसहित)

संवाददाता
१९ पुष २०७८, सोमबार १३:१५

मकवानपुर । छामेला सोईनाम बोलको तामाङ गीत आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । मोक्तान डिजिटल अफिसियल युट्युवबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार प्रकाश तामाङ (तितुङ) को शब्द संगीतमा रहेको गीतको भिडियोलाई भिम्फेदी गाईजका निर्मल कुमार लामा (बिजि) ले निर्देशन गरेका हुन् ।

चाँद सिङको संगीत संयोजन, दिपेश प्रधानको ध्वनि सम्पादनमा तयार भएको गीतमा प्रकाश तामाङ (तितुङ) र अस्मिता रुम्बाको स्वर सुन्न सकिन्छ । गीत सरगम स्टुडियो बौद्धमा रेकर्डिङ भएको हो ।

भिम्फेदीको विभिन्न ठाउँमा छायांकन भएको गीतको भिडियोमा भिम्फेदी गाईजसँगै कलाकार अनिता गोलेको अभिनय र नृत्य देख्न सकिन्छ ।

भिडियोको छायांकन सम्पादन र रंग संयोजन पवन सुस्लिङले गरेका छन भने श्रृङगार सपना लम्सालले गरेकि हुन् । नव गायिका अस्मिता रुम्बाको यो दोस्रो गीत हो ।

गायक तथा संगीतकार प्रकाश तामाङले यसअघि तिहारको सप्तरंगी भाई टीका, क्याम्साङ गैरिला आङिला जामे, सोनाम ल्होछार चु ह्याङला छार्नालाई, स्याउ स्याउ नाना लगायतका गीतहरु ल्याइसकेका छन् । जुन गीतहरुलाई दर्शकले अधिक रुचाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*