भारतको राजधानी दिल्लीमा करिब एक हजार प्रहरीलाई कोरोना संक्रमण

संवाददाता
२७ पुष २०७८, मंगलवार ०९:४७

भारतको राजधानी दिल्लीमा एक हजार प्रहरीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी तथा अतिरिक्त प्रहरी कमिस्नर चिन्मय विश्वाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

अहिले सबै संक्रमित प्रहरी क्वारेन्टिनमा रहेको समाचारमा उल्लेख छ। दिल्लीमा समग्रमा ८० हजार प्रहरी छन्। पछिल्लो समय दिल्लीमा उल्लेख्य मात्रामा कोरोना संक्रमण बढेको छ। अहिले दिल्लीमा कोरोनाको संक्रमणदर २३ प्रतिशतको हाराहारीमा देखिएको छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारतमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको पुष्टी भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*